काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय राजिविराज सप्तरीमा दिउँसो १ बजे गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले हाल कायम चुक्तापूँजीको १ बराबर शून्य दशमलव ३५ अनुपातमा हकप्रद शेयर निष्कासन गरी पूँजी रू. ६१ करोड पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले हाल कम्पनीको पूँजी संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।