सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा, मूल्य कति ?

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले १३ हजार ६३० दशमलव ३१ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १५० तोकिएको हुँदा सो मूल्य तोकी निवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले  यो सूचना जारी गरेको ३५ दिनभित्र  कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

सो समय अवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा सर्वसाधारणको लागि विक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।