नगद लाभांशका लागि बैंक खाता अद्यावधिक गर्न ग्लोबल आइएमई बैंकको आग्रह 

Share News

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस वर्षको लागि १० दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरिरहेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयाजन समेतका लागि उल्लेखित नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गराएको थियो ।

मंसिर २५ गतेदेखिनै नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न थालिएको बैंकले जानकारी दिएको छ । नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधिक नगरेका सदस्यहरुलाई यथासिघ्र गराउँन बैंकले आग्रह गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ७ गते एक दिन बुक क्लोज गरेकाले बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरूल मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।