काठमाडौं । कात्तिक मसान्तसम्म रू. ४४ लाख ६७ हजारभन्दा बढी नाफामा रहेको कुमारी इक्वीटी फण्ड मङ्सिर महीनामा भने रू. ८६ लाख ३२ हजारभन्दा बढी नोक्सानीमा रहेको छ ।
मङ्सिर महीनामा योजनाको प्राप्त भई नसकेको आम्दानी रकम र खर्चमा समेत वृद्धि हुँदा योजना नोक्सानीमा गएको हो । कात्तिकमा रू. १ करोड १४ लाखभन्दा बढी रहेको प्राप्त भई नसकेको आम्दानी रकम मङ्सिरमा रू. २ करोड ६४ लाखभन्दा बढी रहेको छ ।
साथै कात्तिकमा रू. ६५ लाख २९ हजारभन्दा बढी खर्च भएकोमा मङ्सिरमा रू. ८० हजार १८ हजारभन्दा बढी खर्च भएको छ । यस योजनाले मङ्सिरमा धितोपत्रमा गरेको लगानीको परल मूल्य कमिसनसहित रू. ९० करोड ३६ लाखभन्दा बढी रहेको छ ।
लगानीको बजार मूल्य भने परल मूल्यभन्दा निकै कम छ । बैंक मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको योजनाको बैंक मुद्दतीसहित धितोपत्रमा भएको लगानीको बजार मूल्य रू. ७५ करोड ३२ लाखभन्दा बढी मात्र रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७७ साल चैत ५ गतेदेखि सञ्चालनमा रहेको छ ।
योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरेको योजनाको मङ्सिरमा प्रतिइकाई खुद मूल्य रू. १० दशमलव २५ रहेको छ । कात्तिकमा योजनाको यो मूल्य रू. १० दशमलव ३८ रहेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।