काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले यसअघि गरेको लाभांश प्रस्ताव संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम लाभांश प्रस्ताव संशोधन गरी स्वीकृतिका लागि पुनः नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।
यसअघि पुस ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई संशोधन गर्दै कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख रहेको छ ।
यसअघि ७ दशमलव ३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले ६ दशमलव ८४ प्रतिशत लाभांश दिने गरी संशोधन गरेको हो । पुस ११ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संशोधन गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।