लक्ष्मी इक्वीटी फण्ड करीब २८ करोड नोक्सानीमा 

Share News

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्ड मङ्सिर मसान्तसम्म रू. २७ करोड ८१ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । कात्तिक मसान्तसम्म रू. २६ करोड ६ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको मङ्सिरमा नोक्सानी रकम बढेको हो । 

मङ्सिर महीनामा योजनाको प्राप्त भई नसकेको आम्दानी रकम बढ्दा नोक्सानीमा वृद्धि देखिएको हो । कात्तिकमा रू. २८ करोड १६ लाखभन्दा बढी रहेको प्राप्त भई नसकेको आम्दानी मङ्सिरमा रू. ३० करोड ३२ लाखभन्दा बढी रहेको छ । मङ्सिरमा प्रतिइकाई खुद मूल्यमा भने कमी आएको छ । कात्तिकमा रू. ९ दशमलव ५६ रहेको योजनाको प्रतिइकाई खुद मूल्य मङ्सिरमा रू. ९ दशमलव ४२ रहेको हो । 

मङ्सिर मसान्तसम्म योजनाले कमिसनसहित धितोपत्रमा गरेको लगानीको परल मूल्य रू. १ अर्ब १ करोड ४० लाख रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ७६ करोड ९ लाखभन्दा बढी मात्र रहेको छ । धितोपत्र बजार घट्दा योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्यमा कमी आएको हो । मङ्सिर मसान्तसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १४ करोड ५० लाख रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।