काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल ७ दशमलव ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
पुस १३ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ३१ करोड २७ लाख ८४ हजारको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।