एनएमबि फिप्टीको नोक्सानी बढ्यो, न्याभ कति ?

Share News

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले मङ्सिर महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको नोक्सानी कात्तिक महीनाको तुलनामा मङ्सिरमा बढेको छ ।

कात्तिक महीनामा रू. ४ करोड ९७ लाख नोक्सानीमा रहेको फण्ड मङ्सिरमा बढेर रू. ६ करोड ९९ लाख नोक्सानीमा पुगेको छ । मङ्सिरमा फण्डको खर्च वृद्धि तथा जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । कात्तिकमा फण्डको जम्मा खर्च रू. ८८ लाख १० हजार रहेकोमा मङ्सिरमा बढेर रू. १ करोड ७ लाख पुगेको छ भने जम्मा आम्दानी रू. ५ करोड ९२ लाख ऋणात्मक रहेको छ । 

त्यसैगरी फण्डको न्याभ पनि घटेको छ । कात्तिक महीनामा फण्डको न्याभ रू. १० दशमलव ८४ रहेकोमा मङ्सिरमा रू. १० दशमलव ६८ कायम भएको छ । फण्डले मङ्सिरमा सूचीकृत शेयरमा रू. ८६ करोड ४४ लाख लगानी गरेको छ । कात्तिकमा यस्तो लगानी रू. ९२ करोड ६९ लाख थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।