सिटिजन्स बैंकको ५ हजार ९०० भन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी 

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ५ हजार ९२१ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ ।

बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा यो शेयर विक्री गर्न लागिएको हो ।

शेयर खरीद गर्न योग्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।