बाराही हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

Share News

काठमाडौं । नेप्सेमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ सोमवार सूचीकृत भएको छ । कम्पनीको २५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । 

यो शेयर धितोपत्रको दोस्रो बजारमा मंगलवारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९७ देखि १९४ दशमलव ९१ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन गरेको १ लाख ४६ हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ५ लाख ५४ हजार र संस्थापकहरूले लगानी गरेको  १८ लाख कित्ता गरेर कुल २५ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

साथै कम्पनीले सूचीकरणपछिको आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी गराएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।