काठमाडौं । आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टस, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज हो ।
यी कम्पनीले साधारण सभा तथा लाभांश (dividend) प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्दैछन् । सोही कारण आजसम्म कायम शेयरधनी (shareholder)ले यी कम्पनीहरूको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
हिमालयनडिष्टिलरीले गत वर्षको नाफाबाट ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा (annual general meeting) बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय वीरगन्जमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आवको नाफाबाट १० दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
बोटलर्स नेपाल (बालाजु) ले गत आवको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौं, लाजिम्पाटस्थित होटल र्याडिसनमा उक्त दिन दिउँसो ३ बजेबाट शुरु हुने कम्पनीले जनाएकाे छ ।
बोटलर्स नेपाल (तराई) ले गत आवको नाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त लाभांश पारितका लागि पुस २७ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौं, लाजिम्पाटस्थित होटल र्याडिसनमा उक्त दिन बिहान १० बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
मुक्तिनाथ विकास बैंकले गत आवकोे नाफाबाट १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट २३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा योयो ब्याक्वेट, सूर्यविनायक, भक्तपुरमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
साधना लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल, गोरखा बिसौनी, गोरखामा उक्त दिन बिहान ११ः३० बजेबाट शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा उक्त दिन बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।