काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (bank of kathmandu ltd.) ले ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापकहरूमा विक्री खुला गरेको हो ।
प्रतिकित्ता रू. २०० अंकित मूल्यको यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको मितिमा बैंक (bank) को कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले भनेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर (share) विक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।