बाराही हाइड्रोपावरको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो पहिलो कारोबार ?

Share News

काठमाडौं । बुधवार स्पेशल प्रि ओपन सेसनमा बाराही हाइड्रोपावर  पब्लिक लिमिटेडको पहिलो कारोबार भएको छ ।

यस दिन कम्पनीको शेयर प्रतिकित्ता रू.१९४ दशमलव ३० पहिलो कारोबार भएको हो ।

कम्पनीको शेयर गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो । मंगलवार म्याचिङ नभएका कारण कारोबार हुन सकेको थिएन ।

सोही अनुसार बुधवार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि अव नियमित सेसनमा कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई रू. ६४ दशमलव ९७देखि १९४ दशमलव ९१ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।