काठमाडौं । बुधवार हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य रू. २ हजार ७७० दशमलव ६० पुगेको छ ।
बोनस शेयरको समायोजनपछि कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा रहेकाले खरीदकर्ताको आकर्षणमा पर्दा शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मार्केट डेप्थमा हेर्दा यस कम्पनीको शेयरमा ७९ हजार ४५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ८७ कित्ता मात्रै रहेको छ ।
यस कम्पनीको ६० प्रतिशत बोनस शेयरको समायोजन पनि नेप्सेले रू. २ हजार ५१८ दशमलव ७५ तोकेको थियो । कम्पनीको अन्तिम मूल्य रू. ४ हजार ३० को आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।