हिमालय ऊर्जा विकासको पुस २९ गते हुने भनिएको सभा स्थगित

Share News

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले पुस २९ गतेका लागि तय गरेको २२औं वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २० गते  गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसँगै सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागि सञ्चालकमा नियुक्ति गरिएको विषय अनुमोदनलगायतका प्रस्ताव सभाका लागि तय गरेको थियो । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते  बुक क्लोज गरिसकेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।