कामना सेवा विकास बैंकले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने, यस्तो छ कारण

Share News

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ ।

कम्पनीले शुक्रवार नेप्सेमा सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने जानकारी दिएको हो ।

कम्पनीले बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले गत आव २०७८/७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुँदा  पुस मसान्तभित्र  साधारण सभा सम्पन्न गर्न नसकिने जानकारी गराएको हो ।

साथै कम्पनीले आव २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।