काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार पुस २५ गतेदेखि १५ दिन रोक्का हुने भएको छ ।
मर्जर प्रक्रिया पूरा गरी यी दुई बैंकले पुस २५ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लगि दुवै संस्थाको कारोबार रोक्का हुन लागेको हो ।
एकीकृत वित्तीय कारोबार शुरू हुने मिति पुस २५ गतेदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने संचालक समितिको पुस २० गते बसेको बैठकले निर्णय गरेको हो ।
यसअघि मर्जर तथा प्राप्ति सम्झौता गरेसँगै कारोबार रोक्का हुँदै आएकोमा पछिल्लो समय बोर्डले एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिनका लागि कारोबार रोक्का राख्ने व्यवस्था गरेको हो ।
ग्लोबल र बैंक अफ काठमाण्डू बीच मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भई दुवै कम्पनीको एकीकृत वित्तीय कारोबार पुस २५ गते देखि ग्लोवल बैंक लिमिटेडको नामबाट शुरु हुने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।