सिटिजन लाइफले माघ १५ गते बोलायो साधारण सभा, प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव

Share News

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स (citizen life insurance) कम्पनी लिमिटेडले माघ १५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । पुस १७ गतेको सञ्चालक समितिको बैठकले अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । नयाँ जीवन बीमा कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ (ipo) जारी गर्ने विषय पनि सभामार्फत पारित गर्नेछ । सञ्चालक नियुक्ति अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तिको विषय समेत सभाले स्वीकृति दिनेछ ।

हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल विद्युत प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।