काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गते सम्म बुक क्लोज गरेसँगै भोलि पुस २६ गते मंगलवार सम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले माघ ९ गते साधारण सभा बोलाएको छ । सभा होटल लि हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।