एनएमबि बैंकले वितरण गर्‍यो नगद लाभांश

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट करसमेत ८ दशमलव २५ प्रतिशत नगद लाभांश पुस २५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको हो । उक्त लाभांश पुस २६ गतेदेखि वितरण शुरू गरिएको छ ।

पछिल्लो समय धितोपत्र कारोबार पूर्ण अनलाइन प्रणालीमार्फत भएपछि कम्पनीहरूले नगद लाभांश पनि सम्बन्धित शेयरधनीको हितग्राही बैंक खातामै जम्मा गर्दै आएका छन् । 

एनएमबि बैंकले पुस ११ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो कारोबार दिन पुस ७ गते बिहीवारसम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराउनसमेत बैंकले आग्रह गरेको छ ।

बैंकको चुक्तापूँजी रू. १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रहेको छ । गत वर्ष बैंकले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।