आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन 

Share News

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार कम्पनीको ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

कम्पनीको मंगलवार कायम अन्तिम शेयर मूल्य रू. ५३० दशमलव ३० को आधारमा नेप्सेले बोनसपछिको मूल्य रू. ५०० दशमलव २८ तोकेको हो । बुधवार कम्पनीको समायोजनपछिको मूल्यका आधारमा शेयर कारोबार खुला हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारितका लागि माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सो सभा प्रयोजनका लागि पुस २७ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरेको हो । बुक क्लोजको आधारमा पुस २६ गते मंगलवारसम्म कायम शेयरधनीमात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य भएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।