नेरुडे लघुवित्त र सिभिल लघुवित्तले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने, यस्तो छ कारण ?

Share News

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने भएका छन् ।

यी दुवै कम्पनीले नेप्सेमा सूचना जारी गर्दै पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने जानकारी दिएका हुन् । नेरुडे लघुवित्तले आव २०७८/७९ को  वार्षिक वित्तीय विवरण लेखापरीक्षकबाट लेखापरीक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट पुस २१ गते स्वीकृति पाएकोले पुस मसान्तभित्र साधारण सभा गर्न असमर्थ भएको जानकारी दिएको छ । 

त्यसैगरी सिभिल लघुवित्तले गत आवको वित्तीय विवरण लेखापरीक्षण सम्पन्न भई नेपाल राष्ट्र बैंकको स्वीकृति प्रक्रियामा रहेकोले पुस मसान्तभित्र साधारण सभा गर्न नसकेको जानकारी दिएको छ । 

यी दुवै कम्पनीले गत आवको वार्षिक साधारण सभा चैत मसान्तसम्ममा सम्पन्न गर्ने जानकारी दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।