पहिलोपटक लाभांश वितरण गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

Share News

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले पहिलोपटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्र बैकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।