हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न, ७० प्रतिशत लाभांश पारित

Share News

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा बिहीवार कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्जमा सम्पन्न भएको हो । 

सभाले ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायत प्रस्तावहरू पनि पारित गरेको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरूले लाभांश पाउँदै छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।