काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
कम्पनीले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि पुस २८ गते सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासन गर्न सेबोनका स्वीकृती पाएसँगै ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
कुल कित्ता मध्ये २० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ भने ३० कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा आगामी ५ वर्षका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनको स्वीकृती पाएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।