१७ वर्षमै सुत्केरी भएकी कालिकोटकी सङ्गिता लुवारको हेलिकोप्टरमार्फत उद्धार

Share News

कालिकोट । कालीकोटको रास्कोट नगरपालिका–८ वाहरकोटकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

वाहरकोटकी १७ वर्षीया सङ्गिता लुवारलाई नेपाली सेनाको हेलिककोप्टरबाट थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी  सुर्खेत लगिएको छ ।

रास्कोट नगर अस्पतालमा सुत्केरी भएकी संङ्गितालाई थप उपचारका लागि सुर्खेत लगिएको हो ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा सुविधासम्पन्न अस्पतला नहुँदा सुत्केरी पछि जटिलता देखिए सुर्खेत वा काठमाडौं लिनुपर्ने बाध्यता  छ ।

तस्वीर : मिमबहादुर रावल/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।