नेपाल इन्भेष्टमेण्ट बैंकले वितरण गर्‍यो नगद लाभांश 

Share News

काठमाडौं । साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । पुस ७ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत नगद लाभांश बैंकले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

उक्त सभाबाट बैंकले ४ प्रतिशत बोनस शेयरको प्रस्तावसमेत पारित गरेको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि कारोबारमा आउनेछ । मेगा बैंक नेपालसँग मर्जर प्रक्रिया पूरा गरी पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरू भएकाले हाल बैंकको शेयर कारोबार रोक्का छ । एकीकृत कारोबार भएको बढीमा १५ दिनको लागि दुवै बैंकको शेयर कारोबार रोक्का भएको हो ।

३६औं साधारण सभा प्रयोजनाका लागि बैंकले मङ्सिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गरेकाले मङ्सिर २० गतेसम्म कारोबार भई मङ्सिर २९ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरू मात्र नगद लाभांश प्राप्त गरेका छन् ।  मङ्सिर २० गतेसम्म शेयर धितो राखेका शेयरधनीहरूले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र उपलब्ध गराएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी बैंकले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।