काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माघ ४ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू.३८ करोड ४० लाखको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।