काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ६२ करोड ६२ लाखभन्दा बढी नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ६० करोड २४ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको छ ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत र सञ्चालन नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ३ लाखभन्दा बढी रहेको छ । १३ दशलमव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोडभन्दा माथि पुगेको छ ।
त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. २ अर्ब १८ करोड एवं रिटेन्ड अर्निङमा रू. ६ करोड ३ लाख सञ्चित गरेको छ । सो अवधिमा रू. १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेको कम्पनीले रू. ९२ अर्ब १९ करोड कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशलमव ५१, मूल्य आम्दानी अनुपात २१ दशमलव ५३ गुणा, तरलता अनुपात २२ दशलमव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ९६ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।