आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, लाभांशसहित यी प्रस्ताव पारित हुने !

Share News

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं वार्षिक साधारण सभा भोलि सोमवार अर्थात् माघ ९ गते गर्दै छ ।

सभा होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेका शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि रू. ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदखि माघ ६ गतेसम्म बुक क्लोज गरिसकेको  छ । यसको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीमात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।