पुस मसान्तसम्ममा एनएमबि हाईब्रिड फण्डले कमायो रू.५३ लाख ३१ ह्जार भन्दा बढी नाफा, न्याभ कति ?

Share News

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–१ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार फण्डले पुस मसान्तसम्म रू. ५३ लाख ३१ हजार नाफा कमाएको छ । फण्डले मङ्सिर मसान्तसम्म रू. ५ करोड ४७ लाख नोक्सानीमा थियो । पुस महीनामा फण्डको जम्मा आम्दानी वृद्धि भई रू. १ करोड ५५ लाख पुगेको छ । 

फण्ड नाफामा गएसँगै न्याभ पनि वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ६४ रहेकोमा पुस मसान्तमा बढेर रू. ११ दशमलव २४ पुगेको हो । त्यस्तै फण्डले पुुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४१ करोड ६८ लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तसम्म रू. ३७ करोड ५६ लाख थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।