आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

Share News

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमवार होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा सम्पन्न सभा भएको हो  । 

सभाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गरेको छ ।  

सभाले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरू लाभांश पाउन योग्य छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।