नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आइतवार, लाभांशसहित यी प्रस्ताव पारित हुने !

Share News

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आइतवार २७ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभा काठमाडौं, नक्सालस्थित लिसरा रिसेप्सनमा उक्त दिन बिहान ११ बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो ।

सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा पुस २८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।