सिभिल लघुवित्तले प्रस्ताव गर्‍यो ११.५८ % लाभांश 

Share News

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ०७९ को लाभांश प्रस्ताव गरेको छ ।

गत माघ १३ गते शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँँजी रू. २८ करोड ८१ लाख २४ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र कम्पनीको लाभांश वितरण हुनेछ ।

गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने गत वर्षभन्दा कम लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।