मेगा म्युचुअल फण्ड १ को न्याभ बढ्यो, नाफा कति ?

Share News

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार फण्डको न्याभ मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ रू. ७ दशलमव ९१ रहेकोमा पुस मसान्तमा बढेर रू. ८ दशमलव ६७ पुगेको छ । फण्डको न्याभसँगै नाफामा पनि सुधार आएको छ ।

मङ्सिर मसान्तसम्म रू. ९ करोड ८ लाख नोक्सानीमा रहेको फण्ड पुस मसान्तमा रू. ३३ लाख ३५ हजार नाफामा गएको छ । पुस महीनामा फण्डले रू. १ करोड २८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा सुधार आएको हो ।

फण्डले पुस मसान्तसम्म सूचीकृत शेयरमा रू. ९१ करोड ९४ लाख  लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तसम्म रू. ८३ करोड ६२ लाख थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।