सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

Share News

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आज गर्ने भएको छ  । सभा अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । 

सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सभाले कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने विषय पनि सभामार्फत पारित गर्नेछ । सञ्चालक नियुक्ति अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तिको विषय समेत सभाले स्वीकृति दिनेछ ।

हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।