नेको इन्सुरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश सहित यी प्रस्ताव पारित

Share News

काठमाडौं । नेको इन्सुरेन्स  लिमिटेडले आइतवार २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ  ।

सभा आइतवार लिसरा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।  सभाले  १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा  पुस २८ गते सम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।