काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीकोे कार्यालय पुतलीसडक, काठमाडौंमा सोमवार आयोजित एक समारोहबीच विक्री प्रबन्धकका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
अब कम्पनीको सम्पूर्ण हकप्रद शेयर निष्कासनसम्बन्धी कार्य नेपाल एसबिआई मर्चेण्टले गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि नेपाल बिमा प्राधिकरणबाट स्वीकृति पाइसकेको कम्पनीले विशेष साधारण सभाबाट पनि यो प्रस्ताव पारित गरिसकेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । चुक्तापूँजी रू. २ अर्ब ६५ करोड रहेको कम्पनीको हकप्रद शेयर निष्कासनपछि पूँजी रू. ५ अर्ब पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।