काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ७ लाख ८५ हजार ६१७ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत जेठ २८ गते सम्पन्न साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।