मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

Share News

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ०७९ को लाभांश प्रस्ताव गरेको छ । 

गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा  ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १४ करोड १७ लाख ४५ हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले यस वर्ष कुल ५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।