गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

Share News

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरेकाले भोलि बिहीवार आर्थात् माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।