काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत वर्षको मुनाफाबाट वितरण गर्ने निर्णय गरे बमोजिमको नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले गत पुस २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो ।
यसर्थ बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश वितरण गरिएको हो । कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने पनि बताएको छ ।
साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका सदस्यहरूले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि वितरण गरिनेछ । पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले ६० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको थियो ।
यो बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि मात्र वितरण गरिने छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।