माया खोला हाइड्रोपावरकोे आईपीओ बाँडफाँट, १ लाख ९९ हजार जना आवेदकले पाए १० कित्ताका दरले शेयर

Share News

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

आज अर्थात् बिहीवार बिहान प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।  

सो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो ।  सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।  कम्पनीले निष्कासन गरेको आईपीओलाई  इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । 

आवेदकले विक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।