गुराँस लाइफ इन्स्योरेन्सको नाफा ६१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Share News

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६१ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवमा रू. ७ करोड ८९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १२ करोड ७५ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ४१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ११ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १५ करोड ५५ लाख पुगेको हो । 

कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ भने जगेडामा कम्पनीले रू. ५४ करोड ७१ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा रू. १३ अर्ब ६५ करोड रहेको छ ।

हालसम्ममा कम्पनीले कुल रू. १८ अर्ब २१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. ११ दशमलव ३९, मूल्य आम्दानी अनुपात ३९ दशमलव ५९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव ३५ छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।