लक्ष्मी लघुवित्त २ करोड ४० लाख नोक्सानीमा 

Share News

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ४० लाख नोक्सानीमा छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ९ करोड २४ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवमा बढेर ५ दशमलव ७२ प्रतिशत पुगेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २७ करोड १७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. २० करोड ३३ लाखमा झरेको हो । 

कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ४० लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २१ करोड २१ लाख र रिटेन्ड अर्निङमा रू. १९ करोड १९ लाख सञ्चित गरेको छ ।

कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५० ऋणात्मक रहेको छ । त्यस्तै तरलता अनुपात ५ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०५ दशमलव २२ रहेको छ ।  

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।