काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिने भएका छन् ।
उक्त कार्यका लागि दुवै कम्पनीका प्रतिनिधिले शुक्रवार गाभ्ने/ गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने छ । मर्जर सम्बन्धी प्रस्ताव भने दुवै कम्पनीले आगामी विशेष साधारण सभामा लैजाने छन्।
उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललगायत दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष,सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको पनि उपस्थिति थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।