दोस्रो त्रैमाससम्म चिलिमे हाइड्रोपावरको नाफा ३९ करोडभन्दा बढी 

Share News

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्म रू. ३९ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ८३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४० करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा करिब ४ प्रतिशत कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. ४२ करोड ६० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४० करोड ९९ लाखभन्दा बढीमात्र यो नाफा गरेको हो । 

विद्युत् विक्री आम्दानी यस वर्ष १ दशमलव ८७ प्रतिशत बढी रू. ६३ करोड ६५ लाख भएको छ । ७ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम रू. ३ अर्बभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव ८५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३९ रहेको छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।