काठमाडौं । हिमालयन डिष्टिलरीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २९ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३६ दशमलव ४१ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४६ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ३४ दशमलव ३७ प्रतिशत कम रू. ४२ करोड ४६ लाख भएको छ । नयाँ नयाँ स्वादमा विभिन्न ब्राण्डका मदिराको आगमनका कारण उच्च प्रतिस्पर्धाले मदिरा व्यवसायको कारोबार घट्न गएको जानकारी कम्पनीले दिएको छ । सञ्चालनबाट भएको आम्दानी गत वर्षभन्दा १८ प्रतिशत कम रू. २ अर्ब ७६ करोड ८१ लाखभन्दा भएको कम्पनीले जनाएको छ ।
६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम रू. ५५ करोड ७४ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव २२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव ९४ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।