काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेकाले फागुन १ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले फागुन १३ गते साधारण सभा बोलाएको छ । साधारण सभा सहमति संस्था विजय चोक गैंडाकोट, नवलपरासीमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याइएको छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।