काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ७ करोड ७९ लाख नाफा कमाएकोमा चालू आवमा वृद्धि भई रू. ११ करोड ७६ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ४२ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको आम्दानी रू. ११ करोड १३ लाख रहेकोमा चालू आवमा रू. १५ करोड ८५ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. १ अर्ब ४ करोड सञ्चित गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा रू. ५ अर्ब ४७ करोडभन्दा बढी रहेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले कुल रू. १ अर्ब ९५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. १ अर्ब ६३ करोडभन्दा बढी बीमाशुल् आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४१ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३६ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।